अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ



काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले टेलिग्राम मा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । कार्यालयका अनुसर पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।