सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेकोे तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि खुलेको छ ।
आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि ताला खुलेको हो ।
विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै आज विहान क्याम्पस प्रमुख साहको कार्यकक्षमा ताला लगाएको थियो । जसले गर्दा नियमित भईरहेको परीक्षा प्रभावित हुने भएकाले तत्काल निर्वाचन गर्ने सहमति पछि ताला खाेलिएको वताइएको छ ।
प्रतिक्रिया