एक दिनमा ३४ कोरोना संक्रमित

एक दिनमा ३४ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ३३०वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।

योसँगै सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।