उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो । चैत १८ गतेदेखि लागु हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जानकारी दिएकाे छ ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुने बताइएकाे छ ।