उडिरहेको जहाजभित्र टिकटक बनाउने ३ क्याबिन–क्रु निलम्बित

उडिरहेको जहाजभित्र टिकटक बनाउने ३ क्याबिन–क्रु निलम्बित



काठमाडौं । हिमालय एयरलाइन्सका ३ जना क्याबिन–क्रु निलम्बित भएका छन् । विमान उडिरहँदा टिकटक बनाएको भन्दै उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ देखि ६ महिनासम्मका लागि निलम्बन गरेको हो ।

बिहीबार काठमाडौँबाट दोहाका लागि उडेको एच९–५६३ उडान नम्बरको विमानमा २ एयरहोस्टेज महिला तथा एक पुरुष फ्लाइट एटेन्डेन्टले टिकटक बनाएका थिए । सो कुरा बाहिरिएपछि उनीहरु तीनैजना निलम्बनमा परेका हुन् ।

पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा उनीहरुले टिकटक बनाउँदै रमाइलो गरेको भिडियोमा देखिन्छ । यसरी विमान उडिरहेको बेला भिडियो बनाउनु ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर ठहरिन्छ ।