धनुषाबाट तीन मिटरब्याजी पक्राउ

धनुषाबाट तीन मिटरब्याजी पक्राउ



जनकपुरधाम । धनुषाबाट तीनजना मिटरब्याजी पक्राउ परेका छन् । शुक्रबार धनुषा प्रहरीले ऋणीसँग पैसा लिएपनि सम्पत्ति फिर्ता नगरेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो ।

सबैला नगरपालिका–२ का ३६ वर्षीया पुनिता देवी यादव, सोही ठाउँ बस्ने ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ बसहियाका ३५ वर्षीय श्रवण दासलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेका थियो । सोही उजुरीको अधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

धनुषामा ५०० मिटरब्याज पीडितले साहुविरुद्ध उजुरी गरेका छन् । प्रहरीले दुवै पक्षलाई छलफल गराइ मिलापत्र पनि गराउने गरेका छन् ।