एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं । देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १४ जना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।