एनएमबि बैंकद्वारा जनकपुरको श्री जानकी आँखा अस्पताललाई आर्थीक सहयाेग

एनएमबि बैंकद्वारा जनकपुरको श्री जानकी आँखा अस्पताललाई आर्थीक सहयाेग



काठमाडौं । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा रु १,५१,०००/- को चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार का समेतको उपस्थिति रहेका थियो । साथै, आंखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन का लगायत अन्य पधाधिकारीहरू समेतको उपस्थिती रहेको थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द व्यान्तर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीवाट सम्मानित भएको बैंक हो । एनएमवि बैंकले २०१७, २०१८, २०२०,र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।