कबुल । संयुक्त राष्ट्रसंघ प्रमुखले अफगानिस्तानमा तालिवान शासकले महिला कर्मचारीलाई संघ संगठनमा काम गर्न प्रतिबन्ध लगाएकोमा कडा निन्दा गरेका छन् ।
महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानका शासकले महिला माथि भेदभावपूर्ण र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको समेत उल्लंघन गरेको भन्दै तत्काल आदेश खारेज गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघमा कार्यरत महिला कर्मचारीहरु त्यहाँ संचालित कार्यक्रमका लागि आवश्यक रहेको समेत महासचिव गुटेरसले स्मरण गराए । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबान शासकले महिलाको स्वतन्त्रतामा व्यापक रुपमा प्रतिबन्ध लगाउँदै आएका छन् । काम गर्ने अधिकारबाटै बञ्चित गर्ने गरी किन आदेश जारी गरियो भन्ने विषयमा समर्थन गर्ने कुनै शब्द नै नभएको बताइएको छ । तालिवानले राष्ट्रसंघका विदेशी महिला कर्मचारीलाई भने छुट दिएका छन् ।
राष्ट्रसंघले गम्भीर आर्थिक तथा मानवीय संकटबाट गुज्रिरहेको अफगानिस्तानका २ करोड ३० लाख मानिसहरूलाई मानवीय सहायता पुर्याउने काम गरिरहेको छ ।
राष्ट्रसंघीय कार्यक्रम संचालनका लागि पनि त्यहाँ कार्यरत महिला कर्मचारीको भूमिका महत्वपूर्ण रहनुका साथै आवश्यक अन्य महिलाको पहिचानका लागि अपरिहार्य रहेको राष्ट्रसंघको दाबी छ ।


प्रतिक्रिया