एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने

एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने



सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी भइरहेकाे बताइएकाे छ ।

१० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

पुरानाे गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले एमाले सरकारबाट अलग भएको हो । निवर्तमान मन्त्री एवं एमाले सांसद टेकराज पछाईले दलको बैठक बसिरहेकाले अबको केही समयभित्र नै आधिकारिक निर्णय आउने बताए ।