‘एनआईबिएल सहभागिता फन्ड’का इकाइहरु सिन्धु विकास बैंकबाट पनि खरिद गर्न सकिने

‘एनआईबिएल सहभागिता फन्ड’का इकाइहरु सिन्धु विकास बैंकबाट पनि खरिद गर्न सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) कोष प्रवर्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईविएल सहभागिता फन्ड’ नामक खुलामुखी योजनाका इकाइहरुको खरिदबिक्रीलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सिन्धु विकास बैंक लिमिटेड लाई सामूहिक लगानी कोष नियमावली तथा सोअन्तर्गतको निर्देशिकाबमोजिम योजनाको वितरक (एजेन्ट)का रुपमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रवन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी द्वारा हस्ताक्षर भएको छ ।

यसअघि एनआईबिएल सहभागिता फन्ड योजनाका इकाईहरुको कारोवार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइट (www.niblcapital.com) मा गई विद्युतीय प्रणालीमार्फत हुँदै आइरहेको छ ।

विगत ३ वर्षभन्दा बढी समयदेखि एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजना नेपालकै पुँजीबजारमा पहिलो खुलामुखी योजनाको रुपमा सफल भएको छ । यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीलाई ८. २५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७.२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।

यस योजनामा लगानीकर्ताले भुक्तानीका लागि इ सेवा, खल्ती कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई-बैंकिङ प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्वनिर्धारण रकम पूर्वनिर्धारित समयमा लगानी गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

योजनासम्बन्धि थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालयमा सम्पर्क गर्नसकिनेछ। यसका साथै योजना व्यवस्थापकवाट तोकिएका वितरकहरुको कार्यलयमा पनि सम्पर्क गर्नसकिनेछ ।