द्यो स्वगं बियगु जात्रालाई व्यवस्थित गर्न भक्तपुरमा चोकसभा

द्यो स्वगं बियगु जात्रालाई व्यवस्थित गर्न भक्तपुरमा चोकसभा



भक्तपुर । विश्व प्रसिद्ध भक्तपुरको बिस्का जात्राको क्रममा २०८० बैशाख ४ गते हुने द्यो स्वगं बियगु दिन  र बो छायगु ज्याझ्व (देउतालाई सगुन दिने दिन) व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर मंगलाछेमा चोक सभा सम्पन्न भएको छ । मंगलाछे दुमलाचा परिवार समितिका अध्यक्ष राजेन्द्र माकको अध्यक्षता सम्पन्न गरिएका हुन् ।

कार्यक्रममा संस्कृतिविद् ओम प्रसाद धौभडेलले बिस्का जात्राको इतिहासबारे चर्चा गरेका थिए । हरेक साँस्कृतिक गतिविधिले विश्वका संस्कृतिप्रेमी व्यक्तिहरु प्रभावित भएको कारण नेपालमा विदेशीहरु नेपाल भ्रमण आउने गरेको धौभडेलले स्मरण गरे । साथै उनले विदेशीहरु नेपाल भ्रमण गरेकै कारण नेपालमा अर्थतन्त्रमा सकारात्मक प्रभाव र पर्यटन विकास भई रोजगारीको अवसर सृजना भएको बताए । किबदन्ती अनुसार देवताहरुको परिवारमा पनि विस्का जात्राको कारण खुसीको बातावरण सृजना भई मानिसहरु बीच बाँचुन्जेलले खुसी भएर बाच्नुपर्ने सन्देश दिएको बताए । 

त्यस्तै आयोजक समितिले कार्यक्रम सफल पार्नको लागि आर्थिक तथा भौतिक सहयोगको अपिल गरेका थिए ।

साथसाथै उक्त बो छायगु ज्याझ्व सफल पार्न हालसम्म भएको गतिविधिहरुबारे आर्थिक उपसमितिका पुरुषोत्तम जाकिबंजार, स्वयम सेवक तथा युवा उपसमितिका राधेश्याम सैँजु, प्रचारप्रसार उपसमितिका लक्ष्मी सुन्दर कर्माचार्य, साँस्कृतिक तथा जिन्सी सामान व्यवस्थापन उपसमितिका पुरुषतम जाकिबंजार, महिला उपसमितिका केशरी मंक, स्वास्थ्य उपसमितिका राजेश जाकिबंजारले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो ।