रास्वपाले विन्दबासिनीलाई सांसद बनाउने, ढाकाकुमारको पद चैट

रास्वपाले विन्दबासिनीलाई सांसद बनाउने, ढाकाकुमारको पद चैट


ग्लोब नेपाल
378
Shares

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेपछि विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । दुई करोड अडियो प्रकरणमा जोडिएपछि श्रेष्ठलाई कारवाही गर्दै रास्वपाले उनको ठाउँमा कंसाकारलाई सांसद बनाउने भएको हो ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनी एसिड आक्रमण पीडित हुन् । उनलाई एक भारतीय नागरिकले एसिड प्रहार गरेका थिए ।