सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न



काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा चैत्र २९, २०७९ मा दरबारमार्ग, काठमाडौमा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षक केपिआर एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।