अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे

अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे



अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाईहरू मरेका छन् ।

यसै हप्ताको सुरुमा भएको विस्फोटमा करिब १८ हजार गाईको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका हुन् । डिमिट शहर नजिकै साउथ फोर्क डेरीमा भएको विस्फोटमा परेर एक जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

आगलागी सुरु भएलगत्तै सुरक्षाकर्मी र अग्नि नियन्त्रकको टोलीले डेरीबाट घाइेत भएका एक जनालाई उद्दार गरेर अस्पताल पुर्याएका थिए । आगलागीमा परेर मरेका गाईको यकिन तथ्यांक आइनसके पनि करिब १८ हजारको संख्यामा गाई सोही फर्ममा रहेको जनाइएकाे छ ।

डेरीमा मिथेन ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् । सन् २०१८ यता अमेरिकामा आगलागीमा परेर करिब ३ लाख चौयापाको मृत्यु भएको छ ।

त्यस्तै, सन् २०१३ यता लगभग साढे ६ लाख घरपालुवा जनावर आगलागीमा परेर मरेको जनाइएकाे छ ।