आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् : सांसद खतिवडा

आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालले पनि श्रीलंकाले जस्तै चीनलाई बाँदर बेच्नुपर्ने भन्दै व्यंग्य गरेका छन् । उनले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्ने माग गरेका छन् ।

उनले भने, ‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयोस् ।’

उनले ओलढुंगाकाे रुम्जाटार र खिजिदेम्वा एयरपोर्ट सञ्चालन गर्न पनि माग गरेका छन् ।