राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या

राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन् ।

पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमका अनुसार राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ। सङ्क्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाइएको उनको भनाइ छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।