काठमाडौंमा युवती मृत अवस्थामा फेला

काठमाडौंमा युवती मृत अवस्थामा फेला



काठमाडौं । काठमाडौंमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने २७ वर्षीया मनिका लामा आफ्नै कोठामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी लामा काठमाडौँमा बस्दै आएकी थिइन् ।

उता झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ६५ वर्षीय डम्बर बहादुर राई आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ महाकाली आर्याघाटस्थित महाकाली नदीमा शुक्लाफाँटा नगरपालिका-५ बस्ने १८ वर्षीय दिप्पे भन्ने दिपेन्द्र हमाल आइतबार मृत अवस्थामा फेला परेका छन् । मलामी गएको अवस्थामा नुहाउने क्रममा डुबेका उनको खोजी गर्दा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।