१०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

१०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।