मेरो स्वास्थ्यमा सुधार भइरहेको छ : नेता भण्डारी

मेरो स्वास्थ्यमा सुधार भइरहेको छ : नेता भण्डारी



काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

उनले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै नेपाल फर्किने बताएका छन् ।

उनले भनेका छन्, ’तपाईंहरुको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । छिटै नै म तपाईंहरुसित उपस्थित भएर त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु र यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइतेका भण्डारीको मुम्बईको नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।