भारतमा राष्ट्रपति पाैडेलकाे उपचार सुरु

भारतमा राष्ट्रपति पाैडेलकाे उपचार सुरु



नयाँदिल्ली । भारतको नयाँदिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको बताइएकाे छ ।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे टोली भारत गएका छन् ।