आइएमई पेबाट इन्सुरेन्सको बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने मौका

आइएमई पेबाट इन्सुरेन्सको बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने मौका



काठमाडौं । “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्नेछ ।

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराएको हो ।

साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउनेछन् ।