आइएमई पेमा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई क्यासब्याक अफर

आइएमई पेमा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई क्यासब्याक अफर



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको हो ।