बारपाकमा भूकम्प स्मृति दिवस

बारपाकमा भूकम्प स्मृति दिवस



गोरखा । गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमनत्री सीता गुरुङलगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो ।

समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको सहभागिता रहेको सो गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो । सोही गाउँपालिका–१ र २ स्थित बारपाक केन्द्रविन्दु भएर आजैको दिन सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले आज विशेष समारोहको आयोजना गरी भूकम्पबाट जोगिने उपायलगायतका विषयमा जनचेतना जगाउन स्मृति दिवस मनाइएको अध्यक्ष भट्टको भनाइ छ ।