राष्ट्रपति बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

राष्ट्रपति बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा



वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

तीन मिनेटको भिडियोमा उनी पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ ।

अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षा सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्त्वपूर्ण विषय हुने बताएका छन् ।

उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताए ।

भिडियोको साथमा एक प्रेस विज्ञप्तिमा, बाइडेनले व्हाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुने पनि पुष्टि गरेका छन् । एजेन्सी