लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै

लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै


ग्लोब नेपाल
702
Shares

दाङ । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै दावी पेश गरिंदैछ । दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

सोही बमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित ८ राजनीतिक दल सहित ५३ जना सांसदको हस्ताक्षर बुझाउने तयारी गरिएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन थालेको हो ।

प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठुलो दल एमाले हो । ठुलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै एमालले प्रदेश प्रमुख शेरचनलाई ज्ञापन पत्र बुझाएको थियो । उता ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदहरूको हस्ताक्षर चैत १२ मै बुझाइसकेका छन् ।