कोरोनाबाट एकजनाको मृत्यु, थप १११ संक्रमित

कोरोनाबाट एकजनाको मृत्यु, थप १११ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।

आज देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ ।

आजसम्म १८ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये छजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।