काठमाडौंमा सामुहिक रुपमा चोरी गर्ने गिरोहका एक जना पक्राउ

काठमाडौंमा सामुहिक रुपमा चोरी गर्ने गिरोहका एक जना पक्राउ



काठमाडौं । काठमाडौंको किर्तिपुर क्षेत्रमा सामुहिक रुपमा चोरी गर्ने समुहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षका दिपक सापकोटा खत्रीलाई प्रहरी प्रभाग ट्याङलाफाँटको टोलीले पक्राउ गरेको हो । उनी हाल किर्तिपुर नगरपालिका वडा नम्बर २ मा बस्थे ।

उनको समुहले गहना, पैसा, मोबाइल, ग्यासको सिलिण्डर, भान्साको समानहरु र महंगो बस्तु चोरेर बेच्ने गरेको खुलेको छ । सो समुहले जुनसुकै समय चोरी गर्ने गरेका थिए । आफ्नो समुहमा अरु पाँच जना रहेको सापकोटाले बताएका छन् । उनले आफै बसेको घरमा पनि चोरी गरेका थिए ।

किर्तिपुर क्षेत्रमा ग्यासको सिलिण्डर धेरै हराएको स्थानियले बताएका छन् । काठमाडौं उपत्यकामा यस्तो चोरीका घटनाहरु धेरै भएकोले सबैलाई साबधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । त्यस समुहका अन्य पाँच जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानएको छ ।