लुम्बिनीका मुख्यमन्त्रीको सपथ आज, मन्त्रीहरुको टुंगो छैन

लुम्बिनीका मुख्यमन्त्रीको सपथ आज, मन्त्रीहरुको टुंगो छैन


ग्लोब नेपाल
0
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदैछन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।

नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।