काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको नाममा सञ्चालित टुइटरमा राखिएको सामाग्रीविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रविरुद्ध खरो अभिव्यक्ति दिएका छन् । इलाम सदरमुकाममा हिजो आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुराको लहरो कहाँ जान्छ भनेर प्रकट भइहाल्यो । ज्ञानेन्द्र शाह र उसका परिवार उनकी बुहारी जान्ने भएर ममाथि जनताले ढुंगा हानेको देखिन् । अनि टुइट गरेर जनताले केपी ओलीलाई ढुंगा हाने भनेर प्रचार गर्ने ? मैले यसको जवाफ दिन नपरोस ज्ञानेन्द्र शाहलाई । म भन्दिन्छु बढ्ता फुरफुर गर्ने होइन, हामीले धेरै हिसाब किताब नगरेर छाडेका छौं, हाम्रा साथीहरुलाई जेलबाट बाहिर निकालेर ड्याङड्याङ गोली हानेर मार्दा छोडेका छौं । अनेक हिसाबकिताब गरेको छैन । म भन्दैछु, अनेक हिसाब किताब गरेको छैन । हिसाब किताबमा हामी सहनशील भएका हौं । गर्न सुरु गर्नु नपरोस् । छोरा बुहारी अगाडि सारेर धेरै फुरफुर नगर ।’
हिमानीको नाममा सञ्चालित टुइटर उनको नभएको बताइएको छ । उनीसँग नजिक रहेका राजावादीहरुले सञ्चालन गरेको नजिकको श्रोतले ग्लोब नेपाललाई बतायो । अध्यक्ष ओलीको उक्त अभिव्यक्तिका विरुद्ध ज्ञानेन्द्र शाहको नाममा सञ्चालित अर्को फेक आईडीबाट जवाफ फर्काइएको छ ।
जवाफ यस्तो छ– संपूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुले हरेक काल(खण्ड, हरेक पल, हरेक संकट, हरेक सुखदुःख, हरेक ढाडसको कृयान्वयन र नतिजाको मुल्यांकन गरि हिसाबकिताब अवश्यनै राख्नुभएको छ । हालै, निरन्तर देखिएको जनमत र जनआकांक्षा त्यस हिसाबकिताबकै परिणाम हो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
प्रतिक्रिया