नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय

नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय



काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ । 

हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो । सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो । 

स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ ।