चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन



काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थानीयले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।

उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।

सुख्खायाम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढेको छ । यसले गर्दा स्थानीयहरु ट्यांकरको पानीमा भर पर्नुपर्ने अवस्था आएको छ ।