वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते

वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते



काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।