मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई सय दुई किलो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए । वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज साेमवार लागुऔषध नियन्त्रण ब्युराे कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएकाे छ ।
प्रतिक्रिया