हत्या भएको ११ दिनपछि निराको अन्त्येष्टि

हत्या भएको ११ दिनपछि निराको अन्त्येष्टि



काठमाडौं । ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ ।

प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो ।

तर माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्द अन्त्येष्टिमा सहमति जनाएको छैन । निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको बताइएकाे छ ।