नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य

नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोटकाे नजिक पुगेकाे छ ।

नेपालका लागि ललित राजवंशीले ४,करण केसी र सन्दीप लामिछानेले दुई दुई, सोमपाल कामी, गुल्शन झाले एक एक विकेट हात पारे । हिजो वर्षाले अवरुद्ध खेल आज भइरहेको हो ।
युएईले हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो । आज रिर्जभ डे भएकाले युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गरेको हो ।