दार्चुलाको ब्याँसमा हिमपहिरो, यार्सा खोज्न गएकाहरू पुरिएको आशंका

दार्चुलाको ब्याँसमा हिमपहिरो, यार्सा खोज्न गएकाहरू पुरिएको आशंका



दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।

बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।