महोत्तरी । मधेशमा वन मासिएको भन्दै वन संरक्षक अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्ला सत्रमा बोल्दै वक्ताहरूले वन संरक्षणको मुख्य चुनौती बन्दै गएको बताए ।
आज धनुषाको मिथिलामा भएको उक्त कार्यक्रममा वनका कर्मचारीको समेत मिलोमतोमा वनको दोहन भइरहेको अभियन्ताहरूले आरोप थियो ।
सामुदायिक वन उपभोक्ता माहासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले प्राकृतिक स्रोतको मालिक जन्ता नै भएको तर सामुदायिक अधिकार स्थापित हुन अझै समस्या बनिरहेको बताइन् ।
त्यस्तै सरोकारवालाहरूको बेवास्ताले वन विनासमा वृद्धि भएको बताउँदै सामुदायिक वन उपभोक्ता माहासंघका केन्द्रीय सदस्य बिष्णुदेव महतोले चुरेसहित वन दोहनकै कारण मानवजीवनमा गम्भीर संकट सिर्जना बन्दै गएको धारणा व्यक्त गरे ।
सागरनाथ वन परियोजना अन्तर्गतको १३ हजार हेक्टर वन क्षेत्रसमेत राष्ट्रिय वनमा राखेर सरकारले बेइमानि गरेको वन विज्ञ सुजित कुमार झाले बताए । अफ्ठ्यारो ऐन, कानुनको कारण वन संरक्षणमा थप चुनौती थपिँदै गएको झाको भनाइ छ ।
पानीको खानी रहेको चुरेमा वन विनासकै कारण संकट उत्पन्न भइरहेको र भविष्यमा गम्भीर संकट सिर्जना हुनेतर्फ पनि वन संरक्षक अभियन्ताले ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय कोषाध्यक्ष पार्वती गौतमले जैविक पारिस्थितिक प्रणालीको संरक्षण र वन संरक्षणमा सामुदायिक वन उपभोक्ता माहासंघले महत्त्वपूर्ण योगदान दिएको भन्दै अब सहि सदुपयोग गर्ने समय आएको बताइन् ।
‘अब हामीले वनको हरितलाइ उपभोग गर्न सक्नुपर्छ, उधोग कलकारखाना तथा हरेक चिजलाइ हरितयुक्त बनाउन सक्नुपर्छ,’ उनले भनिन् ।
केन्द्रीय सचिव ठाकुर भण्डारीले सरकारले नै सामुदायिक वन उपभोक्तालाई अन्याय गरिरहेको बताए । सरकारले जन्ताको अधिकार खोसेर एकले अर्कोलाइ दोष थुपारेर पन्छिन खोजेको सचिव भण्डारीको भनाइ छ ।
सामुदायिक वनलाइ अधिकारसम्पन्न वनाउन राजनीतिक नेतृत्व बाधक भएको भन्दै सरकारले वनलाई ध्वस्त बनाउन उद्द्त भएको उनले आरोप लगाए ।
मधेश प्रदेश सरकार नै सामुदायिक वनको विषयमा अल्लमल्लमा पर्दा केही समस्या रहेको प्रष्ट पार्दै प्रदेशसभा सदस्य सारदादेवी थापाले प्रदेश सरकारमा चुरे तथा वन संरक्षणमा विज्ञ नभएको स्वीकार गरिन् ।
खुल्ला सत्रमा सामुदायिक वन उपभोक्ता माहासंघ मधेश प्रदेशका अध्यक्ष सोम शर्मा, मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल र वन संरक्षक विभिन्न अभियन्ताले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया