कोशी र गण्डकीसहित मुलुकका पहाडी भुभागमा पानी पर्ने

कोशी र गण्डकीसहित मुलुकका पहाडी भुभागमा पानी पर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।