सिम्रिकको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई काठमाडौं ल्याइदै

सिम्रिकको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई काठमाडौं ल्याइदै



काठमाडौं । संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ ।

क्याप्टेन सुरेन्द्र पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र अर्का घाइते भविन्द्र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको कोसी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

दुर्घटनामा घाइते क्याप्टेन गुरुङको टाउकोमा गम्भीर चोट लागेको उनले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा क्याप्टेनसहित चारजना सवार थिए ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो ।