ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण



काठमाडौं । बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो । 

शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।

जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन् । उनीहरू सबै सुरक्षित छन् । पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरेका हुन् ।