एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच लगानी सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रवर्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्राली (H Medical & Diangnostic Pvt. Ltd) बिच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरूले लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएग्नोष्टिककाे तर्फबाट कम्पनिका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडकाे तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत एच मेडिकल एण्ड डाएग्नोष्टिक प्रालीका विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरूप मासिक रूपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।