परराष्ट्र मन्त्रालयका कर्मचारी वेगनाश तालमा मृत भेटिए

परराष्ट्र मन्त्रालयका कर्मचारी वेगनाश तालमा मृत भेटिए



पोखरा । परराष्ट्र मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत ३१ वर्षीय अनुप भण्डारी पोखराको वेगनाश तालमा सोमबार मृत भेटिएका छन् । विराटनगरका भण्डारी आइतबार राति हवाईमार्ग हुँदै काठमाडौंबाट पोखरा आएका थिए ।

बिहान १० बजे कार्यालयका लागि काठमाडौंस्थित डेराबाट निस्किएका उनले दिउँसो आफू पोखरा घुम्न आइपुगेको सन्देश परिवारलाई पठाएका थिए ।

उनको शव बिहान ८:३० बजे पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको नेतृत्वमा खटिएको टोलीले तालबाट शव निकालेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।