एससीटी र मुक्तिनाथ विकास बैंक बिच एससीटी-युपिआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

एससीटी र मुक्तिनाथ विकास बैंक बिच एससीटी-युपिआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैंक बिच SCT-UPI डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले SCT-UPI डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक हरूले SCT-UPI डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, Union Pay International प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा ATM, POS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्नेछन् ।