टोपबहादुर रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लालाई परिपत्र

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लालाई परिपत्र



काठमाडौं । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरेको छ ।

गत बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । सो दिन सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एक कार्यक्रममा विशेष अतिथि बनेका उनी सोही दिन बेलुकाबाट सम्पर्कबिहीन बनेका छन् ।

उनी अहिले भागेर भारतको लखनउ पुगेको प्रहरीले आशंका गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रुपमा लागेको छ ।

त्यसैगरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि उनलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।