टोपबहादुरको घरमा प्रहरीकाे छापा

टोपबहादुरको घरमा प्रहरीकाे छापा



काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए । उनको निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका हुन् ।

प्रहरी प्रधान कार्यालयले हिजोमात्र रायमाझीलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरेको थियाे ।