बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अनुमति

बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अनुमति



काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार विहान पक्राउ गरेको हाे । प्रहरीले खाँणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।

याे प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् ।

प्रकरणमा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको प्रहरीमा जाहेरी दिएका छन् ।