काठमाडौंको वायु अति अस्वस्थकर

काठमाडौंको वायु अति अस्वस्थकर



काठमाडौं । काठमाडौंको वायु फेरि अस्वस्थकर बनेको छ । वातावरण विभागको काठमाडौं उपत्यकाभित्र रहेका प्रदूषण सूचक यन्त्रमा बिहीबार दिउँसो वायु प्रदूषणको मात्रा २२२ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको देखिएको छ ।

विभागका अनुसार बिहीबार अपराह्न ५ बजेसम्म ललितपुरको भैँसेपाटी क्षेत्रमा वायु प्रदूषणको सूचकांक २२२ एक्यूआई पुगेको हो । त्यस्तै, शंखपार्कमा ११८, खुमलटारमा १०३, कीर्तिपुरमा ७७ तथा रत्नपार्कमा ६७ एक्युआई देखिएको छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । एक्यूआई १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।

एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ । चैतयता वन डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।