बैंक दर घटाउने राष्ट्र बैंकको निर्णय (पूर्णपाठ)

बैंक दर घटाउने राष्ट्र बैंकको निर्णय (पूर्णपाठ)


ग्लोब नेपाल
594
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याजदर घटाएको छ । मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी केही लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

नीतिअनुसार बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि ८.५ प्रतिशत थियो ।

कर्जाको पुन:तालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था पनि गरिएको छ । यो सुविधा होटल, रेष्टुराँ, यातायात तथा निर्माण क्षेत्रका कम्पनीले मात्रै पाउने छन् । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् ।

मौन्द्रिक नीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।

तेस्रो त्रैमासिक समीक्षा