काठमाडाैं । विश्वका दोस्रो धनाढ्य अर्बपति एलन मस्कले ट्वीटरको सीईओका रूपमा महिलालाई स्थान दिने घोषणा गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै मस्कले आफूले ट्वीटरको नेतृत्व गर्नेगरी महिला सीईओ नियुक्त गरिसकेको र उनले ६ हप्तापछि काम थाल्ने जानकारी दिएका छन् । उनले ती महिला को हुन् भनेर खुलाएका छैनन् ।
अबदेखि ट्वीटरमा आफ्नो भूमिका परिवर्तन भएको र आफूले कार्यकारी अध्यक्ष साथै मुख्य प्राविधिक अधिकारीको पद सम्हाल्ने बताएका छन् ।
मस्क ट्वीटरसँगै टेस्ला, स्पेस एक्सजस्ता कम्पनीका पनि मालिक हुन् । नयाँ सीईओ नियुक्त गर्नुको अर्थ उनी आफ्ना अन्य व्यापारमा पनि खुलेरै समय छुट्याउन चाहन्छन् । गत वर्ष मात्र मस्कले ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए ।
प्रतिक्रिया